म्यानचेष्टरलाई फर्नान्डेसको गोल राहत (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा आइतबार म्यानचेष्टर युनाइटेडले शुरुवाती गोल खाएर पनि रोमाञ्चक बराबरी खेल्दै वेस्ट ब्रोमसँग अंक बाँडेको छ । वेस्ट ब्रोमको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेल शुरु भएको दोस्रो मिनटमै एम्बिाए डिग्नेको गोलबाट वेस्ट ब्रोमले खेलमा सनसनीपूर्ण अग्रता लिएको थियो । यद्यपि पहिलो हाफ कै ४४औं मिनटमा ब्रुनो फर्नान्डेसले उत्कृष्ट भली गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो बराबरी नतिजासँगै म्यानचेष्टर युनाइटेड लिग उपाधि होडमा थप पछि परेको छ । आइतबारको नतिजापछि २४ खेलबाट ४६ अंक जोडेको म्यानचेष्टर लिगतालिकाको दोस्रो स्थानमा छ । र लिगलिडर म्यानचेष्टर सिटीभन्दा ७ अंकले पछाडी परेको छ । उता वेस्ट ब्रोम भने १३ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...