बायर्न दोस्रोपटक क्लब विश्वकप च्याम्पियन (भिडियोसहित)

एजेन्सी । जर्मन जायन्ट तथा युरोपियन च्याम्पियन बायर्न म्युनिखले दोस्रोपटक फिफा क्लब विश्वकपको उपाधि जित्न सफल भएको छ । बायर्नले यसअघि सन् २०१३ मा पहिलोपटक यो उपाधि उचालेको थियो ।

कतारी शहर अल रयन स्थित एजुकेशन सिटी स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा बायर्नले कनकाफ च्याम्पियन टिग्रेसलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । बायर्नको जितमा ५९औं मिनटमा बेन्जामिन पावर्डले एक मात्र गोल गरे ।

यो जितसँगै फिफा क्लब विश्वकपको उपाधि लगातार आठौंपटक युरोपियन क्लबले जित्न समेत सफल भयो । गत सिजन यो उपाधि लिभरपुलले जित्न सफल भएको थियो ।

बार्यनका रोबर्ट लेवान्डोस्की सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारे । कतारी क्लब अल दुहेलले फेयर प्ले टिमको पुरस्कार जित्यो । त्यस्तै प्रतियोगिता भरि कुल ३ गोलका टिग्रेसका आन्द्रे पिएरे गिनेचले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...