कोपा डेल रेः पहिलो लेगमा हार्यो बार्सा (भिडियोसहित)

एजेन्सी । तीस पल्टको विजेता बार्सिलोना प्रतिष्ठित कोपा डेल रे को सेमिफाइनलतर्फ पहिलो लेगमा सेभियासँग उसकै घरमा २–० ले पराजित भएको छ ।

सेभियाको जितमा२५औं मिनटमा जुलेस कुन्डेले पहिलो गोल गरे भने ८५औं मिनटमा बार्सा कै पूर्व खेलाडी इभान राकिटिकले दोस्रो गोल थपेका थिए ।

अब दोस्रो लेगको खेल क्याम्प नोउमा ३ मार्चका दिन हुनेछ । उपाधि होडमा आफूलाई कायम राख्न त्यो खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै पूनःरागमन गर्नुपर्नेछ ।

रोचक कुरा त तीन बर्ष अघि कोपा डेल रे को फाइनलमा बार्सिलोनाले सेभियामाथि ५–० को जित निकालेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...