एटलान्टा फाइनलमा, उपाधिका लागि युभेन्टससँग खेल्ने

एजेन्सी । प्रभावशाली जित निकाल्दै एटलान्टा प्रतिष्ठित कोपा इटालियाको फाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार राती दोस्रो लेगको खेलमा नापोली माथि ३–१ को जित निकालेको एटलान्टाले समग्रमा ३–१ कै अग्रताका साथ फाइनल यात्रा तय गर्न सफल भयो । यसअघि पहिलो लेगमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेल शुरु भएको दशौं मिनटमै डुवान जापाटाको गोलबाट एटलान्टाले खेलमा अग्रता बनाएको थियो । १६औं मिनटमा जापाटाले नै मेटियो पेसिनाका लागि दोस्रो गोलको अवसर मिलाइदिए । पहिलो हाफसम्म एटलान्टाले २–० को अग्रता पनि कायम राख्यो ।

दोस्रो हाफतर्फ ५३औं मिनटमा हिर्भिङ लोजानोले नापोलीका लागि एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् । उता एटलान्टाका लागि ७८औं मिनटमा पेसिनाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।

अब फाइनलमा एटलान्टाले उपाधिका लागि दावेदार मानिएको युभेन्टसको सामना गर्नेछ । मंगलबार राती मात्र बलियो इन्टर मिलानलाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ । फाइनल आगामी २१ मईका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...