सिटीको किर्तिमानी जित (भिडियोसहित)

एजेन्सी । इङलिस एफए कपमा यस सिजन पनि दावेदार मानिएको म्यानचेष्टर सिटीले बुधबार राती किर्तिमानी जित आफ्नो नाममा लेखाएको छ । स्वान्सी सिटी विरुद्ध उसकै घरमा ३–१ को जित निकालेको सिटीले इङलिस फुटबलमा सबै प्रतिस्पर्धामा गरेर लगातार १५औं जित आफ्नो नाममा लेखायो र किर्तिमान बनायो ।

यसअघि सन् १८९१–९२ मा प्रेस्टनले तथा सन् १९८७–८८ मा आर्सनलले १४ खेल जित्दै यो किर्तिमान बनाएको थियो । लिबर्टी स्टेडियममा भएको खेलको ३०औं मिनटमा काइल वाकरको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । मध्यान्तर शुरु भएको दोस्रो मिनटमै रहिम स्टर्लिङले सिटीको त्यो अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनट लगतै ग्याब्रिल जिसुसले सिटीका लागि तेस्रो तथा अन्तिम गोल गरे । उता स्वान्सीका लागि डेब्यु म्याच खेलिरहेका मोर्गन ह्वाईटेकरले ७७औं मिनटमा एक मात्र सान्त्वना गोल गरे तापनि टोलीलाई हारबाट भने जोगाउन सक्ेनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...