म्यानचेष्टरलाई जितका लागि ‘एक्स्ट्रा टाईम’

एजेन्सी । कठिन जितका साथ म्यानचेष्टर युनाइटेड प्रतिष्ठित इङलिस एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती सम्पन्न पाँचौं चरणको प्रतिस्पर्धात्मक खेलमा म्यानचेष्टरले वेस्ट ह्याम युनाइटेडमाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा म्यानचेष्टरले जितका लागि भने अतिरिक्त समय सम्म स्रघर्ष गर्न पर्यो । निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको ९७औं मिनटमा स्कट म्याकटोमिनेले गोल गरे । जुन गोल खेलको एक मात्र निर्णायक गोल बन्यो ।

यो जितसँगै म्यानचेष्टर लगातार सातौं पटक एफए कपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । म्यानचेष्टरले अन्तिमपटक सन् २०१६ मा एफए कपको उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...