लिगलिडर एटलेटिकोसँगको दुरी छोट्याउँदै रियल (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले स्पेनिस ला लिगातर्फ लिगलिडर एटलेटिको मेड्रिडसँगको अंक दुरी छोट्याउन प्रयासरत छन् । त्यसैक्रममा रियलले मंगलबार राती घरेलु मैदानमा गेटाफेलाई २–० ले हरायो ।

रियलको जितमा करिम बेन्जेमाले खेलको ६०औं मिनटमा हेडद्वारा पहिलो गोल गरे भने त्यसको ६ मिनट लगतै फेर्लान्ड मेन्डीले दोस्रो गोल थप्दै घरेलु टोलीको जित पक्का गरे ।

यो जितसँगै २२ खेलबाट ४६ अंक जोडेको रियलले बार्सिलोनालाई पछि पार्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । साथै लिगलिडर एटलेटिको भन्दा ५ अंकले मात्र पछाडी छ । यद्यपि रियलले दुई खेल बढी खेलेको छ । उता पराजित गेटाफे भने २४ अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...