इन्टरको चुनौति पन्छाउँदै युभेन्टस फाइनलमा

एजेन्सी । कठिन प्रतिद्वन्द्वी इन्टर मिलानको चुनौति पन्छाउँदै युभेन्टस प्रतिष्ठित कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्टसले इन्टरसँग गोलरहित बराबरी खेल्यो र समग्रमा २–१ को अग्रताका साथ उपाधि नजिक पुग्न सफल भयो ।

स्मरण रहोस, गत साता इन्टरको घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा युभेन्टसले २–१ को जित निकालेको थियो । जुन नतिजा नै दोस्रो लेगमा पनि निर्णायक बन्यो । पहिलो लेगमा युभेन्टसका लागि दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरेका थिए ।

मंगलबार राती पनि रोनाल्डोको राम्रो गोलको अवसर विपक्षी गोलरक्षकले विफल तुल्याईदिएका थिए । उता खेलमा घरेलु टोली इन्टरले पनि सुन्दर मौकाहरु पाएको थियो । रोमेलु लुकाकु र अचरफ हाकिमीले पाएको सुन्दर गोलको अवसरहरलाई सदुपयोग गर्न सकेनन् ।

गत संस्करणको उपविजेता समेत रहेको युभेन्टसले अब फाइनलमा दोस्रो सेमिफाइनलतर्फ एटलान्टा र नापोलीबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आउँदो १९ मईका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...