टुचेलको नेतृत्वमा लय सुधार्दै चेल्सी (भिडियोसहित)

एजेन्सी । नयाँ म्यानेजर थोमस टुचेलको नेतृत्वमा चेल्सीले इङलिस प्रिमियर लिगमा आफ्नो गुमेको लय समाउने क्रममा आइतबार राती शेफिल्ड युनाइटेडलाई उसकै घरमा २–१ ले हराएको छ ।

खेलको ४३औं मिनटमा मेसन माउण्टको गोलबाट चेल्सीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा भने आत्मघाती गोल खान पुगेको चेल्सी केही दबाबमा पनि परेको थियो । ५५औं मिनटमा एन्टोनियो रुडिगेरले आत्मघाती गोल गर्दा खेल १–१ को बराबरीमा पुगेको थियो ।

यद्यपि चेल्सीले दोस्रो गोल गर्न धेरै समय पर्खनु परेन । गोल खाएको तीन मिनट लगतै चेल्सीले पेनाल्टीको अवसर पायो । जसलाई ५८औं मिनटमा जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।

यो जितसँगै २३ खेलबाट ३९ अंक जोडेको चेल्सी लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र चौथो स्थानको टोली लिभरपुल भन्दा एक अंकले मात्र पछाडी छ । उता पराजित शेफिल्ड भने ११ अंकका साथ लिगतालिकाको पुछारमा संघर्षरत छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...