सिटीसँग निरीह बन्यो लिभरपुल (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा रहेको साविक विजेता लिभरपुलले आइतबार राती म्यानचेष्टर सिटीसँग ४–१ को निरीहपुर्ण हार बेहोरेको छ ।

लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा सबै गोलहरु दोस्रो हाफमा भए । इल्काय गुन्डोगनले ४९औं मिनटमा सिटीका लागि पहिलो गोल गरे । तर ६३औं मिनटमा मोहमद सलाहले लिभरपुलका लागि पेनाल्टीबाट गोल फर्काउन सफल भए ।

तर लिभरपुलको त्यो बराबरी गोलको खुशी धेरै समय टिकेन । ७३औं मिनटमा गुन्डोगनले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गरे भने त्यसको तीन लगतै रहिम स्टर्लिङले तेस्रो गोल थपे ।

८३औं मिनटमा फिल फोडेनले चौथो गोल थप्दै पाहुना टोलीको शानदार जित पक्का गरे । खेलमा इल्काय गुन्डोगनले पेनाल्टीको अवसरलाई पोष्ट बाहिर फाल्दा सिटीले गोल भिन्नतालाई बृद्धि गर्नबाट चुकेको थियो ।

स्मरण रहोस, सन् २००३ पछि एनफिल्डमा सिटीको यो पहिलो जित समेत थियो भने सिटीका म्यानेजर पेप गार्डीओलाको लिभरपुल विरुद्ध पहिलो अवे जित समेत थियो ।

यो जितसँगै सिटीले २२ खेलबाट ५० अंक जोडेको छ र लिगतालिकाको शिर्ष स्थानमा छ । सिटीको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड ४५ अंकका साथ दोस्रो स्थानमा छ । यद्यपि युनाइटेडले १ खेल बढी खेलेको छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंकका साथ चौथो स्थानमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...