ज्लाटनको क्लब करियरको ५०० गोल पूरा

एजेन्सी । चर्चित स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचले आफ्नो व्यवसायीक क्लब करियरमा ५०० गोलको विशेष उपलब्धी आइतबार हासिल गरेका छन् । इटालियन सिरि ए तर्फ एसी मिलानले क्रोटोनीलाई ४–० ले हराएको खेलमा ३९ बर्षिय ज्लाटनले दुई गोल गर्दै सो उपलब्धी हात पारेका हुन् ।

खेलमा मिलानका लागि ३०औं मिनटमा ज्लाटनले पहिलो गोल गर्दै आफ्नो क्लब करियरको ५०० गोल पूरा गरे । त्यस्तै ६४औं मिनटमा दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर समेत पारे ।

मिलानका लागि थप दुई गोल भने आन्टे रेबिकले एक मिनटको अन्तरालमा (६९, ७०औं मिनट) गर्दै इटालियन महारथीको शानदार जित पक्का गरे । यो जितसँगै मिलान लिगतालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ ।

आइतबारको नतिजापछि २१ खेलबाट ४९ अंक जोडेको मिलान शिर्ष स्थानमा छ । दोस्रो स्थानमा ४७ अंकका साथ मिलानको शहरी प्रतिद्वन्द्वी इन्टर मिलान रहेको छ । उता एसी मिलानसँग पराजित क्रोटोन ीभने १२ अंकका साथ लिगतालिकाको पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...