मैदान फर्किए कै दिन केनले गरे गोल (भिडियोसहित)

एजेन्सी । खुट्टाको चोटका कारण पछिल्ला केही समयदेखि मैदान बाहिर रहेका इङलिस स्टार हेरि केनले आइतबार इङलिस प्रिमियर लिगमा टोटेनह्याम हटसपरका लागि पूनःरागमन गरे । साथै उनले पूनःरागमन गरेकै खेलमा गोल समेत गर्न सफल भए ।

आइतबार टोटेनह्यामले वेस्ट ब्रोमलाई २–० ले हराएको खेलमा पहिलो गोल केनको नाममा रह्यो । टोटेनह्यामको घरेलु मैदानमा भएको खेलको ५४औं मिनटमा केनले गोलको खाता खोलेका थिए । त्यसको चार मिनट लगतै दक्षिण कोरियाली स्टार ह्युङ मिन–सोनले दोस्रो गोल थप्दै घरेलु टोलीको जित पक्का गरेका थिए ।

यो जितसँगै टोटेनह्याम २२ खेलबाट ३६ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै उता पराजित वेस्ट ब्रोम भने २३ खेलबाट १२ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...