रियलको पूनःरागमन (भिडियोसहित)

एजेन्सी । शुरुवाती गोल खाएर पछि परेको स्थिति उल्टाउँदै शनिबार राती स्पेनिस ला लिगामा रियल मेड्रिडले रोमाञ्चक पूनःरागमन गर्दै जित हात पारेको छ । रोमाञ्चक जित दर्ता गर्ने क्रममा रियलले पुछारमा संघर्षरत टोली हुस्कामाथि २–१ को जित दर्ता गर्यो ।

हुस्काको घरेलु मैदानमा भएको खेलको ४८औं मिनटमा जाभी मालनको गोलबाट घरेलु टोलीले खेलमा सनसनीपुर्ण अग्रता लिएको थियो । तर घरेलु टोलीले त्यो गालको खुशी धेरैबेर मनाउन सकेन ।

खेलमा रोमाञ्चक पूनःरागमन गरेको रियलका लागि दुवै गोल राफेल भरानेले गरे । ५४औं मिनटमा भरानेले रियलका लागि बराबरी गोल फर्काए । त्यस्तै खेलको अन्तिमतिर ८४औं मिनटमा दोस्रो तथा निर्णायक गोल गर्दै भरानेले रियललाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै रियल २१ खेलबाट ४३ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा भने रियलले भन्दा दुई खेल कम खेलेको एटलेटिको मेड्रिड ५० अंकका साथ यथावत छ । उता पराजित हुस्का भने २२ खेलबाट १६ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...