रोनाल्डोको स्ट्राइक र तेस्रो स्थानमा उक्लियो युभेन्टस

एजेन्सी । शुक्रबार मात्र आफ्नो ३६औं जन्मदिन मनाएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा साविक विजेता युभेन्टस इटालियन सिरि ए तर्फ तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलको १३औं मिनटमै युभेन्टसको सुन्दर फिनिसिङ गोलबाट युभेन्टसले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो गोल भने ६९औं मिनटमा रोमाका रोजर इबानेजले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

यो जितसँगै २० खेलबाट ४२ अंक जोडेको युभेन्टसले रोमालाई पछि पार्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर इन्टर मिलान भन्दा ५ अंकले पछाडी छ । यद्यपि इन्टरले एक खेल बढी खेलेको छ ।

उता रोमाले पनि एक खेल बढी खेलेको छ र २१ खेलबाट ४० अंकका साथ लिगतालिकाको चौथो स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...