बुण्डेसलिगामा डर्टमुण्डको खराब लय जारी

एजेन्सी । यस सिजन जर्मन बुण्डेसलिगामा खराब लयबाट गुज्रिरहेको बोरुसिया डर्टमुण्डले शनिबार एससी फ्रिबर्गसँग उसकै घरमा २–१ को हार बेहोर्न बाध्य भएको छ ।

खेलमा दुवै पक्षबाट भएको तीनै गोल दोस्रो हाफमा सम्भव भएका थिए । मध्यान्तर शुरु भएको चौथो मिनटमै जोंग वु–योङले फ्रिबर्गका लागि पहिलो गोल गरेका थिए । त्यसको तीन मिनट लगतै जोनाथन सेमिडले घरेलु टोलीको त्यो अग्रता दोब्बर पारे ।

उता डर्टमुण्डका लागि ७६औं मिनटमा १६ बर्षे युसुफा मुकोकोले गोल गर्दै टोलीललाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् । यो हारसँगै डर्टमुण्ड २० खेलबाट ३२ अंकका साथ छैटौं स्थानमा छ । र लिगलिडर बायर्न म्युनिख भन्दा १६ अंकले पछाडी छ । उता जित हात पारेको फ्रिबर्ग भने ३० अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...