बायर्नलाई दश अंकको स्पष्ट अग्रता (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा शुक्रबार राती हर्था बर्लिनमाथि १–० को साँघुरो जित निकाल्दै लिगतालिकामा १० अंकको स्पष्ट अग्रता बनाएको छ ।

बर्लिनको घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि पहिलो हाफतर्फ २१औं मिनटमा किंग्सले कोमनले गरेको एक मात्र गोल बायर्नलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । खेलमा स्टार स्ट्राइकर रोबट लेवान्डोस्कीले पेनाल्टी चुकाउँदा बायर्नले आफ्नो अग्रता बढाउने मौका गुमाएको थियो ।

यो जितसँगै २० खेलबाट ४८ अंक जोडेको बायर्न लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानमा रहेको आरबी लिपजिग भन्दा दश अंकले अगाडी छ । यद्यपि लिपजिगले एक खेल कम खेलेको छ । उता पराजित बर्लिन भने १७ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...