लिभरपुल हार्दा सिटीलाई फाईदा (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले बुधबार राती ब्राईटनसँग १–० को हार बेहोर्दा लिगलिडर म्यानचेष्टर सिटीलाई भने त्यो नतिजाले फाईदा पुगेको छ ।

बुधबार नै भएको खेलमा सिटीले बर्नलीमाथि २–० को जित निकाल्यो र शिर्ष स्थानमा आफ्नो स्पष्ट अग्रतालाई ३ अंकमा लम्ब्याउन सफल भयो । दोस्रो स्थानमा रहेको सिटीको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडको ४४ अं्रक छ ।

बर्नलीको घरेलु मैदानमा भएको खेलमा सिटीले हाफ मै गरेको दुई गोल पाहुना टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो । सिटीका लागि तेस्रो मिनटमै ग्याब्रिल जिसुसले पहिलो गोल गरे । दोस्रो गोल भने ३८औं मिनटमा रहिम स्टर्लिङले गरे ।

यो जितसँगै २१ खेलबाट ४७ अंक जोडेको सिटी शिर्ष स्थानमा छ र दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भन्दा एक खेल कम पनि खेलेको छ । उता पराजित बर्नली भने २२ अंकका साथ १७औं स्थानमा झरेको छ र रेलिगेशन क्षेत्रभन्दा एक स्थान मात्र माथी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...