लिभरपुलको यात्रामा ब्राईटन बन्यो बाधक (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुलले बुधबार राती इङलिस प्रिमियर लिगमा तुलनात्मक रुपमा कमजोर आँकिएको टोली ब्राईटन एण्ड होवसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको छ । साथै यो हारसँगै लिभरपुल लिगलिडर म्यानचेष्टर सिटीभन्दा ७ अंकले पछि समेत परेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा ब्राईटनका लागि दोस्रो हाफको ५६औं मिनटमा स्टिभन अल्जेटले गरेको एक मात्र गोल साविक विजेतालाई निराश बनाउन प्रर्याप्त बन्यो ।

यो जितसँगै पछिल्ला चार खेलमा अपराजित रहेको ब्राईटन २२ खेलबाट २४ अंकका साथ १५औं स्थानमा उक्लिएको छ । उता पराजित लिभरपुल भने ४० अंकका साथ चौथो स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...