पुछारतिरको ब्राईटनसँग हार्यो टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा पुछारतिर संघर्ष गरिरहेको ब्राईटनले टोटेनह्याम हटसपरमाथि १–० को सनसनीपुर्ण जित निकालेको छ । पहिलो हाफको १७औं मिनटमा लियान्ड्रो टोसार्डले गरेको एक मात्र गोल टोटेनह्यामलाई निराश बनाउन प्रर्याप्त बन्यो ।

ब्राईटनको घरेलु मैदानमा भएको खेलमा ट्रोसार्डलाई सो गोलका लागि पास्कलले पास मिलाइदिएका थिए । यो जितपछि ब्राईटन २१ खेलबाट २१ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा छ । उता टोटेनह्याम भने २० खेलबाट ३३ अंक जोड्दै छैटौं स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...