किंग पावरमा स्तब्ध बन्यो लेस्टर

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ लेस्टर सिटी आइतबार घरेलु मैदान मै स्तब्ध बन्न पुगेको छ । नवआगन्तुक टोली लिडस युनाइटेडले लेस्टरलाई उसकै घरमा ३–१ ले स्तब्ध तुल्याएको हो ।

लिडसको जितमा प्याट्रिक बामफोर्डको भूमिका निर्णायक बन्यो । उनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर पनि मिलाइदिएका थिए । यद्यपि खेलमा अग्रता भने लेस्टरले नै लिएको थियो ।

१३औं मिनटमा हार्वी बार्नेसले गोल गर्दा घरेलु टोली हौसिएको थियो । तर त्यसको दुई मिनट लगतै प्याट्रिक बामफोर्ड कै पासमा स्टुवार्ट डालासले गोल गर्दा लिडस खेलमा फर्किएको थियो ।

लिडसका लागि दोस्रो गोल बामफोर्डले नै ७०औं मिनटमा गरे भने ८४औं मिनटमा ज्याक हेरिसनले पाहुना टोलीका लागि तेस्रो गोल गर्दै किंग पावर स्टेडियममा घरेलु टोली लेस्टरलाई स्तब्धपुर्ण हार बेहोर्न बाध्य बनाए ।

यो जितसँगै २० खेलबाट २९ अंक जोडेको लिडस लिगतालिकाको १२औं स्थानमा छ । उता पराजित लेस्टर भने २१ खेलबाट ३९ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...