उपाधि होडमा युभेन्टसको चुनौति कायमै

एजेन्सी । डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए तर्फ शनिबार राती स्पष्ट जित निकाल्दै लिग उपाधि होडमा आफ्नो चुनौतिलाई पनि कायम राखेको छ । साम्पडोरियालाई उसकै घरमा २–० ले हराएको युभेन्टसले शिर्ष दुई टोली एसी मिलान र इन्टर मिलानमाथि पनि दबाब कायम राखेको छ ।

पछिल्ला नवौं उपाधिमाथि लगातार कब्जा जमाईसकेको युभेन्टसका लागि २०औं मिनटमा फेडरिको चिसाले पहिलो गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा वैकल्पिक खेलाडी आरोन राम्सेले दोस्रो गोल थप्दै पाहुना टोलीको स्पष्ट जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै १९ खेलबाट ३९ अंक जोडेको युभेन्टस लिगतालिकाको तेस्रो स्थानमा उक्लिएकोछ । लिगलिडर एसी मिलान भन्दा ७ अंकले पछाडी छ । मिलानले एक खेल बढी समेत खेलेको छ । उता पराजित साम्पडोरिया भने २० खेलबाट २६ अंकका साथ दशौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...