बायर्नलाई दश अंकको स्पष्ट अग्रता

एजेन्सी । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा दश अंकको स्पष्ट अग्रता बनाएको छ । शनिबार भएको खेलमा बायर्नले होफेनहिमलाई ४–१ ले हरायो र दोस्रो स्थानको आरबी लिपजिगसँगको दुरी १० अंकमा पुर्याउन सफल भयो ।

बायर्नको जितमा खेलको ३२औं मिनटमा जेरोमी बोटेङले पहिलो गोलको खाता खोलेका थिए । ४३औं मिनटमा थोमस मुलरले त्यो अग्रता दोब्बर बनाए । तर त्यसको एक मिनट लगतै होफेनहिमका लागि आन्द्रेज क्रेमरिकले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

यद्यपि बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५७औं मिनटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे । यस सिजन बुण्डेसलिगामा लेवान्डोस्कीको त्यो २४औं गोल समेत थियो । त्यस्तै ६३औं मिनटमा सर्जी नेब्रीले चौथो गोल गर्दै बायर्नको प्रभावशाली जित पक्का गरे ।

यो जितसँगै १९ खेलबाट ४५ अंक जोडेको बायर्न शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको आरबी लिपजिगको ३६ अंक छ । उता पराजित होफेनहिम भने २२ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...