न्युक्यासलसँग निराश बन्यो इर्भटन

एजेन्सी । इङलिस प्रिमियर लिगमा यस सिजन एकनासको प्रदर्शन गर्न नसकिरहेको न्युक्यासल युनाइटेडले शनिबार इभर्टनलाई उसकै घरमा २–० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुलेको छ । यो जितसँगै न्युक्यासलका म्यानेजर स्टिव ब्रुसलाई पनि केही राहत मिलेको छ ।

गुडिसन पार्कमा सम्पन्न खेलमा न्युक्यासलका लागि दुवै गोल केलम विल्सनको नाममा रह्यो । विल्सनले दोस्रो हाफको ७३औं मिनटमा र इन्जुरी समयको ९०+३औं मिनटमा लगातार दुई गोल गर्दै पाहुना टोलीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक भूमिका खेले ।

यो जितसँगै २१ खेलबाट २२ अंक जोडेको न्युक्यासल रेलिगेशन क्षेत्रभन्दा दुई स्थान माथि १६औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली फुलह्याम भन्दा ९ अंकले अगाडी छ । उता पराजित इभर्टन भने १९ खेलबाट ३३ अंकका साथ सातौं स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...