च्याम्पियन लिभरपुलको प्रभावशाली जित (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ साविक विजेता लिभरपुलले प्रभावशाली जितका साथ लिगतालिकामा आफ्नो दावेदारीता फेरि पेश गर्न सफल भएको छ । बिहीबार राती टोटेनह्याम हट्सपरलाई उसकै घरमा ३–१ ले हराएको रेडस लिगतालिकाको चौथो स्थानमा समेत उक्लियो ।

पहिलो हाफ कै इन्जुरी समयमा रोबर्टो फर्मिनोको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएको थियो । मध्यान्तरपछिको दोस्रो मिनटमै ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले रेडसको त्यो अग्रता दोब्बर पारे । यद्यपि त्यसको दुई मिनट लगतै पिएरे इमिली होजबर्गले टोटेनह्यामका लागि गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर सफल भएनन् ।

उता ६५औं मिनटमा साडियो मानेले लिभरपुलका लागि तेस्रो गोल गर्दा पाहुना टोलीको प्रभावशाली जित सुनिश्चित बनेको थियो । यो जितसँगै २० खेलबाट ३७ अंक जोडेको लिभरपुल लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । उता पराजित टोटेनह्याम भने १९ खेलबाट ३३ अंकका साथ छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...