टोटेनह्यामको पूनःरागमन र जित (भिडियोसहित)

एजेन्सी । खेलको शुरुवात मै गोल खाएर पनि उत्कृष्ट पूनःरामन गरेको टोटेनह्याम हटसपरले इङलिस एफए कपतर्फ चौथो चरणको खेलमा विकम्बे वान्डर्स विरुद्ध ४–१ को प्रभावशाली जित निकालेको छ ।

च्याम्पियनसिप लिगमा संघर्षरत वान्डर्सले खेलको २५औं मिनटमा फ्रेड ओनीडिन्माको गोलबाट सनसनीपूर्ण अग्रता बनाएको थियो । तर गारेथ बेलले पहिलो हाफ कै इन्जुरी समयमा गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काए ।

दोस्रो हाफमा भने जोसे मौरिन्होको टोली हावी बन्यो । खेलको अन्तिम दश मिनट भित्र तीन गोल गर्दै टोटेनह्यामले शानदार जित पक्का गर्यो । खेलको ८०औं मिनटमा हेरी विंक्सले दोस्रो गोल गरे भने टांगाई डोम्बिलेले खेलको ८७औं र ९०+३औं मिनटमा लगातार दुई गोल गर्दै टोटेनह्यामको जित सुनिश्चित गरे ।

एफए कपको पाँचौं चरणमा टोटेनह्यामले इभर्टनसँग खेल्नेछ । स्मरण रहोस, टोटेनह्याम यस सिजन लिग कपको फाइनलमा पुगिसकेकोछ । त्यस्तै यूरोपा लिगको नकआउट चरणमा समेत छ । क्लबका म्यानेजर जोसे मौरिन्होले पनि यस सिजन सबै प्रतियोगितामा आफ्नो दावेदारीता पेश गर्ने बताइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...