एटलेटिकोलाई सात अंकको स्पष्ट अग्रता (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज स्टार जोआओ फेलिक्स र लुइस सुआरेजले गोल गरेको खेलमा स्पेनिस ला लिगातर्फ लिगलिडर एटलेटिको मेड्रिडले आफ्नो शिर्षतालाई सात अंकको स्पष्ट अग्रतामा पुर्याएको छ ।

आइतबार घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिकोले भ्यालेन्सियामाथि ३–१ को प्रभावशाली जित निकाल्यो । यद्यपि खेलको ११औं मिनटमा उरो रेसिकको सनसनीपूर्ण गोलबाट भ्यालेन्सियाले खेलमा अग्रता बनाएको थियो ।

तर २३औं मिनटमा फेलिक्सले गोल गर्दै एटलेटिकोलाई खेलमा फर्काए । दोस्रो हाफतर्फ ५४औं मिनटमा लुईस सुआरेजले गोल गर्दा फेलिक्सले नै पास मिलाइदिए । त्यस्तै तेस्रो गोल भने ७२औंं मिनटमा वैकल्पिक खेलाडी एन्जल कोरेले गर्दै एटलेटिकोको उत्कृष्ट पूनःरागमनका साथ जित सुनिश्चित गरे ।

यो जितसँगै १८ खेलबाट ४७ अंक जोडेको एटलेटिको शिर्ष स्थान मै यथावत छ । र दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी रियल मेड्रिड भन्दा सात अंकले अगाडी छ । साथै रियलले एक खेल बढी समेत खेलेको छ । उता पराजित भ्यालेन्सिया भने २० खेलबाट २० अंकका साथ लिगतालिकाको १४औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...