डि जोंग चम्किदा बार्सिलोना तेस्रो स्थानमा उक्लियो (भिडियोसहित)

एजेन्सी । फ्रेन्की डि जोंगले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर पनि मिलाइदिएपछि बार्सिलोनाले स्पेनिस ला लिगातर्फ आइतबार इल्चीलाई उसकै घरमा २–० ले हराएको छ ।

डच स्टार डि जोंगले ३९औं मिनटमा पहिलो गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाए । त्यस्तै खेल सकिन एक मिनट बाँकी छँदा ८९औं मिनटमा रिकी पगलाई दोस्रो गोलको लागि अवसर पनि मिलाइदिए ।

यो जितपछि १९ खेलबाट ३७ अंक जोडेको बार्सिलोना लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उता १३औं खेलसम्म आफ्नो जितविहीन यात्रालाई निरन्तरता दिइरहेको इल्ची भने १७ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...