युभेन्टसको जित, मिलानमाथि दबाब कायमै

एजेन्सी । डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए तर्फ आइतबार बोलोग्नामाथि २–० को जित निकाल्दै शिर्ष दुईका टोली एसी मिलान र इन्टर मिलानमाथि दबाब कायम राखेको छ ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलको १५औं मिनटमा आर्थर मेलोको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ७१औं मिनटमा वेस्टन म्याककेनीले दोस्रो गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै १८ खेलबाट ३६ अंक जोडेको युभेन्टस चौथो स्थानमा छ । उता एक खेल बढी खेलेका एसी मिलान र इन्टर मिलान क्रमशः ४३ र ४१ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

त्यस्तै युभेन्टससँग पराजित भएको बोलोग्ना भने १९ खेलबाट २० अंकका साथ १३औं स्थानमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...