एजेन्सी । इटालियन सिरि ए तर्फ लिगलिडर एसी मिलानले शनिबार राती एटलान्टासँगै घरेलु मैदान मै ३–० को स्तब्धपुर्ण हार बेहोरेको छ । सान सिरोमा भएको खेलको २६औं मिनटमा मिलानले पहिलो गोल खान पुगेको थियो ।
रोबिन गोसेन्सको कर्नर किकमा क्रिष्टियन रोमेरोले हेडद्वारा एटलान्टाका लागि पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको ५३औं मिनटमा जोसिप इलिसिकले पेनाल्टीबाट एटलान्टाको अग्रता दोब्बर पारे ।
शनिबार खेलमा प्रभावशाली प्रदर्शन गरेको एटलान्टाका लागि तेस्रो गोल भने डुवान जापाटाले ७७औं मिनटमा गर्दै पाहुना टोलीको शानदार जित सुनिश्चित गरेका थिए ।
यो हारका बावजुद १९ खेलबाट ४३ अंक जोडेको एसी मिलान शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको इन्टरको ४१ अंक छ । इन्टरले शनिबार नै उडिनेसेसँग गोलरहित बराबरी खेलेपछि एसी मिलानसँगको अंक बराबरी गर्ने अवसर पनि गुमाएको छ ।
उता यस सिजन एसी मिलानलाई हराउने दोस्रो टोल ीबनेको एटलान्टा भने ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।