डिफेन्डिङ च्याम्पियन आर्सनल नकआउट

एजेन्सी । डिफेन्डिङ आर्सनल फुटबल क्लब प्रतिष्ठित इङलिस एफए कपको चौथो चरणबाटै स्तब्धपुर्ण हारसँगै बाहिरिएको छ । शनिबार साउथाम्पटनसँग उसकै घरमा १–० ले निराश बनेको आर्सनलको एफए कपको यात्रा पनि समाप्त भएको हो ।

आर्सनलको हारको कारण बन्यो आत्मघाती गोल । २४औं मिनटमा ग्याब्रियलले गरेको आत्मघाती गोल गर्नै आर्सनलको हारको कारक बन्यो । काइल वाकर पिटरसेनको क्रस पासलाई जोगाउने प्रयासमा ग्याब्रियलले आत्मघाती गोल गर्न पुगेका थिए ।

साउथाम्पटनले पाँचौं चरणमा अर्को प्रिमियरशिप क्लब वुल्भरह्याम्पटन विरुद्ध खेल्नेछ । जुन खेल आउँदो फेब्रुअरी महिनाको शुरुवाततिर हुने सम्भावना रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...