एटलेटिकोका लागि सुआरेज बने निर्णायक

एजेन्सी । बार्सिलानाबाट एटलेटिको मेड्रिडमा आए यता उत्कृष्ट लयमा रहेका लुइस सुआरेजले बिहीबार राती स्पेनिस ला लिगामा आफ्नो टोलीलाई हारबाट जोगाएका छन् ।

आइबरमाथि २–१ को जित निकालेको एटलेटिकोका लागि दुवै गोल सुआरेजको नाममा रह्यो । यद्यपि एटलेटिकोले खेलको शुरुवात मै गोल खान पुगेको थियो । आइबरका लागि गोलरक्षक मार्को डिमित्रोभिकले क्लबका लागि पेनाल्टीबाट करियर कै पहिलो गोल गरे ।

तर आइबरले त्यो अग्रतालाई जोगाई राख्न सकेन । पहिलो हाफ कै ४०औं मिनटमा सुआरेजले एटलेटिकोका लागि पहिलो गोल फर्काए । त्यसपछिको खेल १–१ को बराबरीतर्फ नै लम्कीरहेको थियो ।

तर खेल सकिन एक मिनट बाँकी रहँदा एटलेटिकोले पेनाल्टीको अवसर पायो । जसलाई ८९औं मिनटमा सुआरेजले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै एटलेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भए ।

यो जितसँगै एटलेटिको १७ खेलबाट ४४ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलेटिकोको शहरी प्रतिद्वन्द्वी रियल मेड्रिडको १७ खेलबाट ३७ अंक छ । उता पराजित आइबर भने १९ खेलबाट १९ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...