मिलानको जितमा ज्लाटन हिरो (भिडियोसहित)

एजेन्सी । स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिच चम्किएपछि इटालियन सिरि ए तर्फ लिगलिडर आर्सनलले दश खेलाडीमा सिमित भएर पनि जित र लिगतालिकाको स्पष्ट अग्रतालाई कायम राखेको छ ।

सोमबार राती मिलानले काग्लरीलाई २–० ले हराउँदा दुवै गोल ज्लाटनको नाममा रह्यो । ज्लाटनले खेलको सातौं मिनटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए भने ५२औं मिनटमा दोस्रो गोल थपेका थिए ।

उता खेलको ७४औं मिनटमा एलेक्सिस सलमाइकर्सले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे तापनि त्यसले मिलानको जितमा भने कुनै बाधा पुगेन । यो जितसँगै मिलान १८ खेलबाट ४३ अंकका साथ शिर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको इन्टर मिलानको भने ४० अंक छ । उता पराजित काग्लरी १४ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १७औं स्थानमा रहेर संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...