शिर्ष दशमा उक्लियो आर्सनल (भिडियोसहित)

एजेन्सी । पिएरे एमरिक औबमेयङले दुई गोल गरेपछि इङलिस प्रिमियर लिगमा सोमबार राती आर्सनलले न्युक्यासल युनाइटेडलाई ३–० ले हराउँदै लिगतालिकाको दशौं स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले तीनै गोल दोस्रो हाफमा गर्यो । ५०औं मिनटमा औबमेयङले पहिलो गोलको खाता खोले । त्यसको दश मिनट लगतै बुकायो साकाले आर्सनलको त्यो अग्रता दोब्बर पारे ।

आर्सनल त्यति मै रोकिएन । खेलको ७७औं मिनटमा औबमेयङले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलको प्रभावशाली जित सुनिश्चित गरे ।

यो जितसँगै आर्सनल १९ खेलबाट २७ अंकका साथ लिगतालिकाको दशौं स्थानमा उक्लिएको छ । उता पराजित न्युक्यासल भने १८ खेलबाट १९ अंकका साथ १५औं स्थानमा छ । र रेलिगेशन क्षेत्रभन्दा तीन स्थान मात्र माथि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...