युभेन्टसमाथि इन्टरको सनसनी, शिर्षतामा अंक पनि बराबरी

एजेन्सी । इटालियन सिरि ए तर्फ इन्टर मिलानले साविक विजेता युभेन्टसमाथि २–० को प्रभावशाली जित निकाल्दै लिगलिडर एसी मिलानसँगको अंक बराबरी गरेको छ ।

आइतबार राती भएको खेलमा इन्टरका लागि १२औं मिनटमा आर्टुरो भिडालले पहिलो गोल गरेका थिए । इटालीको शिर्ष फुटबलमा भिडालको यो लगभग ६ बर्ष यता कै पहिलो गोल थियो । उनले इटालीमा अन्तिमपटक सन् २०१५ मा युभेन्टसका लागि खेल्दा गोल गरेका थिए ।

त्यस्तै इन्टरका लागि दोस्रो गोल ५२औं मिनटमा निकोलो बरेलाले गरे । स्मरणीय छ, इन्टरको जितमा बरेलाले पहिलो गोलका लागि भिडाललाई अवसर पनि मिलाइदिएका थिए ।

यो जितसँगै इन्टर १८ खेलबाट ४० अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको एसी मिलान समान अंकका साथ शिर्ष स्थानमा छ । उता पराजित युभेन्टस भने १७ खेलबाट ३३ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...