लण्डन डर्बीमा रोकियो आर्सनल (भिडियोसहित)

एजेन्सी । केही साता अघिसम्म रेलिगेशन क्षेत्रको सम्भावित टोलीका रुपमा रहेको आर्सनलले बिहीबार राती इङलिस प्रिमियर लिगमा शहरी प्रतिद्वन्द्वी क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ ।

घरेलु मैदान इमिरेटस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलका अलेक्जेन्डर लाकाजेट्टी र पिएरे एमरिक–औबमेयाङले गोलको सही अवसरलाई सदुपयोग नगर्नु पनि आर्सनलको बराबरीको कारक बन्न पुग्यो ।

उता प्यालेसले पनि आर्सनल विरुद्ध खेल अवधिभर डटेर खेल्यो र महत्वपूर्ण अंक खोस्न सफल भयो । यो नतिजापटि १८ खेलबाट २४ अंक जोडेको आर्सनल लिगतालिकाको ११औं स्थानमा छ । उता प्यालेस भने २३ अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...