डिफेन्डिङ च्याम्पियन रियल सुपर कपबाट ‘नकआउट’

एजेन्सी । डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड स्पेनिस सुपर कपमा स्तब्धपुर्ण हारसँगै प्रतियोगिताबाट नकआउट भएको छ । बिहीबार राती मालागामा सम्पन्न सेमिफाइनल भिडन्ततर्फ रियलले एथलेटिक बिल्बाओसँग १–२ को हार बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको हो ।

बिल्बाओको जितमा दुवै गोल राउल गार्सियाले गरे । गार्सियाले पहिलो गोल १८औं मिनटमा गरे भने दोस्रो गोल ३८औं मिनटमा पेनाल्टीबाट गरे । उता रियलका लागि ७३औं मिनटमा करिम बेन्जेमाले एक गोल फर्काए तापनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

यो जितसँगै बिल्बाओले अब फाइनलमा उपाधिका लागि बार्सिलोनासँग आइतबार खेल्नेछ । स्मरणीय छ, बार्सिलोनाले बुधबार मात्र रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...