बार्सिलोना सुपर कपको फाइनलमा (भिडियोसहित)

एजेन्सी । कठिन जित निकाल्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न सेमिफाइनल भिडन्ततर्फ बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

यसअघि कोर्डोबामा सम्पन्न निर्धारित र अतिरिक्त समय सम्मको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । नियमित समयतर्फ बार्सिलोनाले ३९औं मिनटमा फ्रेन्की डि जोंगको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर दोस्रो हाफको ५१औं मिनटमा मिकेल उगार्टेले सोसिडाडका लागि पेनाल्टीबाट गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

बार्सिलोनाले अब फाइनलमा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड र एथलेटिक बिल्बाओ बीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ । रियल र एथलेटिक बिहीबार राती नै आमने सामने हुँदैछन् । फाइनल भने भने आउँदो १७ जनवरी (आइतबार(का दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...