स्पेनिस ला लिगामा एटलेटिकोको शिर्षता यथावत

एजेन्सी । स्पेनिस ला लिगातर्फ एटलेटिको मेड्रिडले सहज जित निकाल्दै लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राखेको छ । मंगलबार घरेलु मैदानमा भएको खेलमा एटलेटिकोले यस सिजन राम्रो लयमा रहेको सेभियालाई २–० ले हरायो । ला लिगामा सेभियाको यो १० खेलमा पहिलो हार थियो ।

खेलमा एटलेटिकोले १७औं मिनटमा एन्जल कोरेको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यो गोलका लागि इङलिस स्टार किरन ट्राइपरले पास मिलाइदिएका थिए । र दश खेलको प्रतिवन्ध पछि मैदान फर्किएका ट्राईपरले आफ्नो पूनःरागमनलाई पनि सुखद बनाए ।

उता दोस्रो गोल भने ७६औं मिनटमा साउल निगेजले गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे । यो जितसँगै १६ खेलबाट ४१ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ । र शहरी प्रतिद्वन्द्वी रियल मेड्रिड भन्दा चार अंकले अगाडी छ । यद्यपि रियलले एटलेटिकोले भन्दा दुई खेल बढी खेलेको छ । उता मंगलबार एटलेटिकोसँग पराजित सेभिया भने १७ खेलबाट ३० अंकका साथ छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...