इभर्टनको चुनौति कायमै (भिडियोसहित)

एजेन्सी । इभर्टनले मंगलबार राती रोमाञ्चक जित निकाल्दै आगामी सिजन शिर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने आफ्नो सम्भावना र चुनौतिलाई कायम राखेको छ ।

मर्सीसाईड क्लबले मंगलबार वुल्भरह्याम्पटनलाई उसकै घरमा २–१ ले हराएर महत्वपूर्ण तीन अंक बटुल्यो । तर ईभर्टनलाई त्यो जितका लागि संघर्ष भने निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको छैटौं मिनटमै एलेक्स इवोबीको गोलबाट इभर्टनले खेलमा अग्रता लिएको थियो । तर लगतै १४औं मिनटमा वुल्भ्सका लागि रुबेन निवेसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ को बराबरी मै टुंगियो । दोस्रो हाफमा पनि इभर्टनले गोलको प्रयास जारी र अन्ततः सफल पनि भयो । ७७औं मिनटमा माइकल किनले पाहुना टोलीका लागि निर्णायक गोल गर्दै इर्भटनलाई महत्वपुर्ण तीन अंक दिलाए ।

यो जितसँगै इभर्टन १७ खेलबाट ३२ अंकका साथ लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । उता पराजित वुल्भस भने १८ खेलबाट २२ अंकका साथ १४औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...