सात बर्षपछि प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो म्यानचेष्टर

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सात बर्षपछि म्यानचेष्टर युनाइटेड लिगतालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ । मंगलबार राती बर्नलीलाई १–० ले हराएपछि म्यानचेष्टर सन् २०१२–१३ को सिजनपछि पहिलोपटक लिगतालिकाको शिर्ष स्थानमा पुग्यो । स्मरण रहोस, त्यो सिजन क्लबका लिजेण्डरी म्यानेजर सर एलेक्स फर्गुसनको कार्यकालको अन्तिम सिजन समेत थियो ।

उता बर्नलीको घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टरका लागि फ्रेन्च स्टार पाउल पोग्बा निर्णायक रहे । पोग्बाले दोस्रो हाफको ७१औं मिनटमा गरेको सुन्दर भली गोल नै रेड डेविल्सलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो । जितसँगै म्यानचेष्टरले लिगतालिकामा स्पष्ट तीन अंकको अग्रता समेत बनाएको छ ।

मंगलबारको नतिजापछि १७ खेलबाट ३६ अंक जोडेको म्यानचेष्टर शिर्ष स्थानमा छ । दोस्रो स्थानमा ३३ अंकका साथ साविक विजेता लिभरपुल रहेको छ । उता म्यानचेष्टरसँग पराजित भएको बर्नली भने १६ खेलबाट १६ अंकका साथ लिगतालिकाको १६औं स्थान मै रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...