कार्लोसको ह्याट्रिकमा टोटेनह्यामको फराकिलो जित

एजेन्सी । बेनफिकाबाट लोनमा खेलिरहेका कार्लोस भिनिसियसले १३ मिनटमा ह्याट्रिक पूरा गरेपछि एफए कपको तेस्रो राउण्डतर्फ आइतबार टोटेनह्याम हटसपरले नन लिग क्लब मेरिन एएफसीमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ ।

क्रसबाईमा सम्पन्न खेलको २४औं मिनटमा कार्लोसले पहिलो गोलको खाता खोलेका थिए । जुन उनको टोटेनह्यामका लागि डेब्यु गोल पनि थियो । ३०औं मिनटमा उनले त्यो अग्रता दोब्बर पारे । लगतै ३२औं मिनटमा लुकास मुराले टोटेनह्यामका लागि तेस्रो गोल गरे ।

त्यस्तै ३७औं मिनटमा कार्लोसले नै व्यक्तिगत तेस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । त्यस्तै थप एक गोल भने दोस्रो हाफतर्फ ६०औं मिनटमा एल्फी डिभाईनले गर्दै टोटेनह्यामको एकतर्फी जित सुनिश्चित गरे । खेलमा

अधिकांश दोस्रो रोजाईको खेलाडी लिएर उत्रिएको टोटेनह्यामले खेलमा पनि पूर्ण रुपमा आफ्नो पकड बनाउन सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...