सिटीको जितमा सिल्वाको दुई गोल (भिडियोसहित)

एजेन्सी । एफए कपको तेस्रो चरणको खेलतर्फ दावेदार मध्ये एक म्यानचेष्टर सिटीले आइतबार राती उत्कृष्ट जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले बर्मिङघम सिटीमाथि ३–० को एकतर्फी जित निकाल्यो ।

पहिलो हाफमै गरेको तीन गोल घरेलु टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो । खेलको आठौं र १५औं मिनटमा बर्नाडो सिल्वाले लगातार दुई गोल गर्दै सिटीलाई खेलमा बलियो अग्रता दिलाएका थिए । ३३औं मिनटमा फिल फोडेनले गरेको तेस्रो गोलसँगै सिटीको प्रभावशाली जित सुनिश्चित बनेको थियो ।

आफ्ना मुख्य स्ट्राइकर सर्जियो एग्वेरो बिना उत्रिएको सिटीले मैदानमा एग्वेरोको अभाव भने कतै खटकिएको महशुस हुन दिएन । यो जितसँगै सिटी पनि चौथो चरणमा प्रवेश गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...