लिपजिगको यात्रामा डर्टमुण्ड बाधक (भिडियोसहित)

एजेन्सी । जर्मन बुण्डेसलिगातर्फ लिगतालिको शिर्ष स्थानको होडमा रहेको आरबी लिपजिगले शनिबार राती बोरुसिया डर्टमुण्डको हातबाट ३–१ को हार बेहोरेको छ ।

डर्टमुण्डको जितमा इङलिस स्टार जेडन सान्चो चम्किए । उनले टोलीका लागि एक गोल गर्नुका साथै थप एक गोलका लागि अवसर पनि मिलाइदिएका थिए । यद्यपि खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको ५५औं मिनटमा सान्चोले पहिलो गोल गरे । त्यस्तै ७१ र ८४औं मिनटमा इर्लिङ हालन्डले थप दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । हालन्डले गरेको पहिलो गोलका लागि सान्चोले नै क्रस पास मिलाइदिएका थिए ।

यो जितपछि १५ खेलबाट २८ अंक जोडेको डर्टमुण्ड चौथो स्थानमा छ । उता पराजित लिपजिग भने ३१ अंकका साथ दोस्रो स्थानमा छ र लिगतालिकाको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ३३ अंक जोडेको डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख शिर्ष स्थानमा यथावत छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...