ज्लाटन फर्किएको खेलमा मिलानको जित

एजेन्सी । चोट पश्चात मैदानमा फर्किएका स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचको उपस्थितिमा लिगलिडर एसी मिलानले शनिबार राती टोरिनोलाई २–० ले हराएको छ ।

साप्राको समस्यापछि मैदानमा फर्किएका ज्लाटनले वैकल्पिक खेलाडीका रुपमा उपस्थिति जनाएका थिए । यद्यपि उनले खेलमा गोल भने गर्न सकेनन् । मिलानको घरेलु मैदानमा भएको खेलमा गोलको खाता २५औं मिनटमा राफेल लिआओले खोलेका थिए ।

मिलानले पहिलो हाफ मै पेनाल्टीको अवसर पनि पायो । जसलाई ३६औं मिनटमा फ्रान्क किसीले गोलमा परिणत गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे । यो जितसँगै मिलान १७ खेलबाट ४० अंकका साथ शिर्ष स्थानमा यथावत छ ।

दोस्रो स्थानमा रहेको मिलानको शहरी प्रतिद्वन्द्वी इन्टरको ३६ अंक छ । इन्टरले एक खेल कम खेलेको छ । उता मिलानसँग पराजित टोरिनो भने १२ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...