झिनो जितका साथ म्यानचेष्टर युनाइटेड चौथो चरणमा प्रवेश

एजेन्सी । प्रतिष्ठित इङलिस एफए कपको तेस्रो चरणको खेलतर्फ म्यानचेष्टर युनाइटेडले साँघुरो जित निकाल्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेष्टरले वाटफोर्डमाथि १–० को साँघुरो जित निकाल्यो ।

अधिकांश नयाँ अनुहार लिएर उत्रिएको म्यानचेष्टरका लागि पहिलो हाफको पाँचौं मिनटमा स्कट म्याकटोमिनेले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

शनिबार नै भएका अन्य खेलहरुतर्फ अर्को प्रिमियरशिप क्लब इभर्टनले पनि रोदरह्याममाथि २–१ को जित निकाल्यो भने वेस्ट ब्रोमले ब्लयाकपुलसँग पेनाल्टी शुटआउटमा ३–२ ले निरश हुन पुग्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै बर्नलीले पनि एमके डन्सलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यी दुई टोलीले निर्धारित समय र अतिरक्त समयको खेल प्रतिस्पर्धात्मक रुपमा १–१ को बराबरी खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...