रियलको शिर्ष स्थानमा उक्लिने अवसर गुम्यो

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती रियल मेड्रिडले लिगतालिकाको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । तुलनात्मक रुपमा कमजोर आँकिएको ओसासुनासँग रियलले शनिबार गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

स्मरणीय छ, रियल र ओसासुनाबीचको खेल प्रतिकुल मौसमका कारण खेलाउने वा नखेलाउने भन्नेमा अनिश्चित थियो । यद्यपि पछि ला लिगाले सो खेल खेलाउने निर्णय गरेको थियो ।

खेलमा करिम बेन्जेमा र सर्जियो रेमोसको गोलले मान्यता नपाउनु रियलका लागि दुर्भाग्यपुर्ण बनेको थियो । यो नतिजापछि शिर्ष स्थानको एटलेटिको मेड्रिडलाई थप फाईदा पुगेको छ ।

१८ खेलबाट ३७ अंक जोडेको रियल लिगतालिकाको दोस्रो स्थानमा छ । तीन खेल कम खेलेको लिगलिडर एटलेटिको ३८ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता पराजित ओसासुना भने १७ खेलबाट १५ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...