एजेन्सी । स्पेनिस ला लिगातार्फ अर्जेन्टिनी सुपरस्टार लियोनल र फ्रेन्च स्टार एन्टोईन ग्रीजम्यान चम्किएपछि शनिबार राती बार्सिलोनाले ग्रेनाडामाथि ४–० को शानदार जित निकालेको छ ।
ग्रेनाडाको घरेलु मैदानमा भएको खेलको १२औं मिनटमा ग्रीजम्यानले गोलको खाता खोलेका थिए । ३५औं मिनटमा मेसीले त्यो अग्रता दोब्बर पारे । लगतै ४२औं मिनटमा मेसीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
पहिलो हाफ मै जितको आधार तयार पारेको बार्सिलोनाका लागि ६३औं मिनटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो तथा बार्साका लागि चौथो गोल गर्दै पाहुना टोलीको शानदार जित पक्का गरे ।
उता ७८औं मिनटमा ग्रेनाडाका जेसुस वालेजोले मार्टिन ब्राथवेटलाई फल गर्दा सोझै रातो कार्ड खान पुगेका थिए । खेलको अन्तिमतिर दश खेलाडीका सिमित हुन पुगेको ग्रेनाडा खेलमा फर्कन सकेन ।
ला लिगामा पछिल्ला आठ खेलहरुमा अपराजित बार्सिलोनाले शनिबार रातीको जितसँगै १८ खेलबाट ३४ अंक जोड्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र शिर्ष स्थानको एटलेटिको मेड्रिड भन्दा चार अंकले पछाडी छ ।
यद्यपि एटलेटिकोले तीन खेल कम खेलेको छ । उता बार्सासँग पराजित ग्रेनाडा भने १७ खेलबाट २४ अंकका साथ लिगतालिकाको सातौं स्थानमा रहेको छ ।