बुण्डेसलिगा च्याम्पियन बायर्नलाई झट्का

एजेन्सी । जर्मन बुण्डेसलिगा च्याम्पियन तथा लिगलिडर बायर्न म्युनिखलाई शुक्रबार राती झट्का लागेको छ । शुक्रबार राती सम्पन्न एक मात्र खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडबेचसँग ३–२ को हार बेहोर्यो ।

बोरुसियाको घरेलु मैदानमा भएको खेलमा बायर्नले पहिलो हाफतर्फ बनाएको दुई गोलको स्पष्ट अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको २०औं मिनटमै रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले खेलमा अग्रता लिएको थियो ।

२६औं मिनटमा लियोन गोरेज्काले गोल गर्दा बायर्नले खेलमा २–० को पकड बनाउन सफल भएको थियो । तर बोरुसियाले पहिलो हाफ मै उत्कृष्ट पूनःरागमन गर्यो । जोनास हफम्यानले ३५ र ४५औं मिनटमा बोरुसियाका लागि लगातार दुई गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफतर्फ भने खेल शुरु भएको चौथो मिनटमै फ्लोरियन नियुहसले बोरुसियाका लागि तेस्रो गोल गरे । जुन गोल खेलको निर्णायक पनि बन्यो । यो जितपछि १५ खेलबाट २४ अंक जोडेको बोरुसिया सातौं स्थानमा छ । उता पराजित बायर्न भने ३३ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।

दोस्रो स्थानमा रहेको आरबी लिपजिगको भने १४ खेलबाट ३१ अंक छ । लिपजिगले शनिबार हुने चौथो स्थानको टोली बोरुसिया डर्टमुण्ड विरुद्ध जित हात पारे । शिर्ष स्थानमा उक्लिनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...