सिटी र चेल्सीको खेल स्थगित

एजेन्सी । वुमन्स कन्टिनेन्टल लिग कपको क्वाटरफाइनलतर्फ म्यानचेष्टर सिटी र चेल्सी महिला फुटबल टोली बीचको खेल स्थगित गरिएको कुरा सिटीले पुष्टी गरेको छ ।

स्मरण रहोस, यसै साता सिटीको नाम नखुलाइएका चार महिला खेलाडीहरुमा कोरोना संक्रमण भएको पुष्टी भएपछि शनिबार हने भनिएको वुमन्स सुपर लिगतर्फ म्यानचेष्टर सिटी र वेस्ट ह्याम युनाइटेडबीचको खेल पनि स्थगित गरिएको थियो ।

यो खेल अब फेरि नयाँ खेलतालिका बनाएर खेलाइने बताइएको छ । त्यति मात्र नभएर यो निर्णयले अन्य टोलीको खेलतालिका पनि असर परेको छ । रिपोर्टअनुसार वुमन्स सुपर लिगतर्फ म्यानचेष्टर युनाइटेड र इभर्टनबीच हुने भनिएको खेलको मिति पनि फेरि नयाँ घोषणा गरिने स्काई स्पोर्टसले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...