एजेन्सी । प्रतिष्ठित इङलिस एफएको तेस्रो चरणको खेलतर्फ एस्टन भिल्लाले लिभरपुल विरुद्ध घरमै हुने खेलमा आफ्ना युवा खेलाडीहरुलाई उतार्ने तयारीमा छ । रिपोर्टअनुसार क्लबमा कोभिड–१९ संक्रमितको संख्या एकसाथ बृद्धि भएपछि क्लबले युवा खेलाडीलाई मैदानमा उतार्ने स्थितिमा पुगेको हो ।
बीबीसीका अनुसार भिल्लाका म्यानेजर डिन स्मिथ, कोचिङ स्टाफ सहित पहिलो रोजाईका अधिकांश खेलाडीहरुमा कोरोना संक्रमणको आशंका पछि सो निर्णय लिने तयारीमा क्लब पुगेको हो । भिल्लाले एफए कपतर्फ घरेलु मैदान भिल्ला पार्कमा शुक्रबार लिभरपुलसँग खेल्दैछ ।
The Football Association and Aston Villa are working closely together to try to ensure that the club’s Third Round Proper fixture with Liverpool can go ahead as planned at Villa Park tomorrow evening.
— Aston Villa (@AVFCOfficial) January 7, 2021
यद्यपि लिभरपुल विरुद्धको त्यो खेल हुने नहुनेबारे शुक्रबार नै निर्णय हुने बताइएको छ । यदि त्यो खेललाई निरन्तरता नै दिने निर्णय भयो भने भिल्लाले आफ्ना युवा खेलाडीहरुलाई मैदानमा उतार्ने तयारीमा छ । त्यति मात्र नभएर भिल्लाले सो खेल भए आफ्ना यु–२३ टोलीको मुख्य प्रशिक्षक मार्क डिलेनीलाई सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने बताएको छ ।